काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना भिसा कार्डहोल्डर ग्राहकहरूलाई १० प्रतिशतसम्मको नगदफिर्ता योजना सार्वजनिक गरेको छ । बैंकको कार्ड प्रयोग गरे बापत यो नगद फिर्ता पाइने बैंकले जानकारी दिएको छ ।
लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँको चाबहिलमा शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखाको उद्घाटन गरेका छन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको तेह्रौ बार्षिक साधारणसभाले वित्तीय प्रतिवेदन पारित गरेको छ । बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिवेदन पेश गरेका थिए ।
काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट ४मध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल र घरहरु र गुणस्तरीय आवास ओयोले १४ दिनभित्र होटल नवीकरण र रुपान्तरण गरेर नयाँ मापदण्ड स्थापना गरेको छ ।
काठमाडौं । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले सोमबार दुई ओटा शाखाको औपचारीक विस्तार गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा रहेको शाखा गरी दुई ओटै शाखाको उद्घाटन गरिएको हो ।
काठमाडौं । ओम डेभलपमेन्ट बैंक तथा नेशनल बैंकिङ्ग इन्स्टिच्यूट (एनबीआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका हुन् ।