पोखरा । रेस्टुरेन्ट तथा बार एसोसियसन (रेबान) पोखराले विशेष कार्यक्रम गरेर यस वर्षको फागु पूर्णिमा (होली) पर्व मनाउने भएको छ । पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकसँग रङको पर्व मनाउन थालेको १३ औं वर्ष भइसकेको छ ।
काठमाडौं । कामना सेवा विकास वैंकको कुश्मा शाखाले वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग नगरपालिका १४, नाराणस्थानमा शनिवार निːशुल्क स्वास्थ्य सिविर संचालन गरेको हो ।
काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टिसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।
काठमाडौं । धुलिखेलमा सञ्चालन भइरहेको साहसिक खेल ‘सुपरम्यान जिपलाइन’ मा आन्तरिक पर्यटक आर्कषित भएका छन् । जिपलाइन खेल्न पोखरा नै पुग्नु पर्ने बाध्यता हटे पछि काठमाडौं उपत्यकावासीहरुको घुइँचो धुलिखेलमा लागेको हो ।
विराटनगर । विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आएको छ । हिजो एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका हुन ।
काठमाडौं । जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४, १५, १६ र १७ मार्च ( फागुन ३०, चैत १, २ र ३ ) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ हजार ५४ पिन्ट रगत सङ्कलन गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोषलाई मुद्रा बजारमा नखेल्न सुझाव दिएका छन् । उनले संचालनमा रहेको सबै समाजिक सुरक्षा सम्बन्धि कार्य गर्ने कोषलाई एउटै छानामुनी ल्याउनुपर्ने आवश्यकता पनि औल्याएका थिए ।