नेशनल माइक्रोफाइनान्सको वार्षिक कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सिरहाको मिर्चैया नगरपालिकास्थित फुलवरिया शाखाले आफ्ना समूह अध्यक्षहरूको वार्षिक कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम हालै सम्पन्न गर्यो ।
सो अवसरमा संस्थाका फुलवरिया शाखा प्रमुख रामपुजन यादवले आफ्नो शाखा कार्यालयको प्रगति विवरणसमेत प्रस्तुत गरे । प्रमुख अतिथि तथा संस्थाका सञ्चालन विभागका विभागीय प्रमुख सीताराम पण्डितले संस्थाले प्रदान गर्दै आएका सेवाहरू, संस्थागत प्रगति, गोष्ठीको महत्व, समूह अध्यक्षको भूमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समूहका विशेषताहरूलगायतका सम्बन्धमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा समुह अध्यक्ष तथा अभिभावकहरूबाट आएका गुनासो, समस्यालगायतका बारेमा पनि उनले प्रष्ट पारे । सो अवसरमा प्रथम, द्वितीय, तृतीयका साथै सान्त्वना समूह अध्यक्षहरूलाई सम्मानसहित पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा समुह नं.४७ की समूह अध्यक्ष श्रीमती रतनदेवी साहु, समाजसेवी अभिभावक, धारापानी शाखाका शाखा प्रमुख र समूह अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो ।



