अजोड इन्स्योरेन्सले दियो अभिकर्तालाई तालिम |
काठमाडौं । अजोड इन्स्योरेन्सको बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न गरेको हो ।
गुल्मी शाखाको तम्घासमा चैत्र १० र ११ गते आईतवार र सोमवार सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम भएको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा इन्स्योरेन्सका सहायक महा प्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
इन्स्योरेन्सका प्रवन्धक दिपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।

