एनआईसी एशियाले दियो चार थान घुम्ती शौचालय पशुपति क्षेत्र विकास कोषलाई |
काठमाडौं । एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाललाई उक्त शौचालय हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ४ थान वातावरण मैत्री घुम्ती शौचालयका लागि वित्तीय सहयोग गरेको बताएको छ । वातावरणमैत्री घुम्ती शौचालयले पशुपति दर्शनका लागि आउने भक्तालु तथा दर्शनार्थीहरूलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बैंक प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
साथै, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव ढकालले यस शौचालय वातावरणमैत्री भएको कारणले वातावरण थप अनुकूल हुने बताउँदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे ।



