सनराइज बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ ।
बैंकासुरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरु बाट एलआइसी, नेपालको जीवन बीमा योजना विक्री गर्न सक्ने छ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्य सहित यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

