एलआईसीका बीमा सम्राट अभिकर्ताहरु सम्मानित |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले व्यवसायिक उच्च तहका अभिकर्ताहरुलाई बीमा सम्राट अभिकर्ता सम्मान गरेको छ । व्यवसायिक उच्च तहका अभिकर्ताहरुलाई बीमा सम्राट अभिकर्ता भन्ने गरेको छ ।
कम्पनीले व्यापार वृद्धि कार्य सम्पादन, बीमा विषयको ज्ञान र व्यवसायिक उच्च आचारणका आधारमा बीमा सम्राट अभिकर्ताको सम्मान प्रदान गर्ने गरेको छ ।
एलआईसी नेपालले देशभरीबाट छानिएका यस्ता ९ जना बीमा सम्राट अभिकर्ताहरुलाई ईलाममा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ । जीवन बीमाको आवश्यकतासम्बन्धी सन्देश फैलाउनमा बीमा सम्राट अभिकर्ताहरुले महत्वपूर्ण भूमिका रहेको भन्दै सम्मान गरेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मानितहरुलाई बधाई दिदैं आफ्नो कार्यलाई अविचलित भई निरन्तरता दिन आग्रह गरेका थिए । नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले छोटो अवधिको फाइदालाई मात्र नहेरी नैतिक मान्यताको सिद्धान्तलाई पनि आधार वनाएर जीवन बीमाको मार्केटिङ गर्न अभिकर्ताहरुलाई आग्रह गरे ।

