मेगा बैंक र दक्षिण कोरियाको कोइनसट कम्पनीबीच सम्झौता | अब दक्षिण कोरियामा बस्ने नेपालीहरूले मेगा बैंकमा रकम पठाउन सक्ने
काठमाडौं । अबदेखि दक्षिण कोरियामा रोजगारी गरी बस्ने नेपालीले सिधै नेपालमा रहेका आफ्ना आफन्तलाई रकम पठाउन सक्ने भएका छन् । मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएसँगै त्यस्तो सहजताको वातावरण बनेको हो ।
मेगा बैंकले आफ्नै ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग पनि सम्झौता गरेको हो । उक्त कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो ।
यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरूले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरूमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।
मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने सुविधा पनि बैंकले दिएको छ ।
बैंकका अनुसार उक्त खातामा ६.५ प्रतिशत त्रैमासिक ब्याजका साथै मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्टलगायतका सुविधाहरू निःशुल्क उपलब्ध गराइन्छ ।
त्यस्तै, भिसा डेबिट कार्डमा २५ प्रतिशत छुट, आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था गरिएको छ । उक्त खातामा सीआस्बा सुविधा र आईपीएस सुविधा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


