भुक्तानी प्रणालीलाई सहज बनाउन स्विजरल्याण्डको बीपीसीसँग आइमार्कको सहकार्य |
काठमाडौं । नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणालीमार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ

