अब यूकेमा पनि सिटी एक्सप्रेसको सेवा |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूकेबाट पनि शुरू भएको छ । सोसम्बन्धी सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको तर्फबाट प्रबन्ध निर्देशक करमबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब यूकेबाट पठाएको रेमिट्यान्स नेपालमा यस कम्पनीका ७ हजारभन्दा बढी एजेन्टहरूमार्फत सिधै भुक्तानी लिन सकिने कम्पनीले बताएको छ । साथै, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न पनि सकिने बताइएको छ ।
कम्पनीका अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेबाट भालापे मोबाइल एप र इण्टरनेट बैंकिङमार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिनेछ । सिटी एक्सप्रेस नेपालले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वभरि नै आफ्ना रेमिट एजेन्ट्हरू बाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
Visited 2 times, 1 visit(s) today


