तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः अर्याल |
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन भएका छन् । हिजो शनिवार सम्पन्न संघको २६औं वार्षिक साधारणसभाले उनलाई सो पदमा चयन गरेको हो ।
सभाले निर्वाचित गरेका ११ सदस्यीय नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भूपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा सञ्जयकुमार सर्राफ रहेका छन् ।
त्यसैगरी नवनिर्वाचित सदस्यहरूमा थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी रहेका छन् । सभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको प्रवद्र्धन तथा बजारीकरणका लागि कोष बनाउनुपर्ने, कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्ने नीति बनाइनु आवश्यक रहेको लगायतका निष्कर्ष निकालेको छ ।




