काठमाडौं । कामना सेवा विकास बैंकले झापाको सन्तविर चोकमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन जडान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त मेसिन जडान गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता’ भन्ने मूल आशयले विरगंज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । १५ करोड चालिस लाख रुपियाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । विहीबारदेखि सञ्चालित पाँच दिने मेलामा चार लाख ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
काठमाडौं । सगरमाथा ईन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्स्योरेन्स र कम्पनीबीच आइसर गाडीको दुर्घटनाबाट भएको क्षतीमा क्यासलेस भुक्तानीसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निːशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एयरबस–३२० जहाजको इञ्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगरी पुरानै ठेक्का प्रक्रियालाई अगाडि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।