निर्देशित क्षेत्रमा कर्जा नदिने वित्तीय संस्थामाथि कारबाही हुन्छ : राष्ट्र बैंक | नचलेका खातालाई पनि डोरमेन्ट गर्न निर्देशन
काठमाडौं । अबदेखि तोकिएअनुसारका प्राथमिकताप्राप्त क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन गर्र्ने विनियामली संशोधन गर्दै तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा २५ प्रतिशत लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई जरिवाना तिराउने भएको हो ।
केन्द्रीय बैंकले सबै बैंकहरूलाई कृषि क्षेत्रमा न्यूनतम १५ प्रतिशत र ऊर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । ती क्षेत्रमा कर्जा लगानी नगरे नपुग रकमको अधिकतम ब्याजदरका आधारमा हर्जना लगाउने समेत राष्ट्र बैंकले व्यवस्था गर्ने भएको छ ।
निष्क्रिय खातालाई डोरमेन्ट गरिने
राष्ट्र बैंकले कारोबार नभएका खाताहरूलाई डोरमेन्ट गर्न पनि भनेको छ । उसले बचत खाता ३ वर्षसम्म र चल्ती तथा कल खाताहरू ६ महिनासम्म कारोबार नभए अनिवार्य रूपमा निष्क्रिय गर्न निर्देशन दिएको हो ।



