एनआईसी एसिया बैंक जङगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा बिजयी |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चितवनको सौरहामा भएको जङगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै बिजय भएको छ ।
पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रलिले आयोजना गरेको टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता थियो ।
बैंकले यस अघि समेत विभिन्न संघ संस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । करिव १४ लाख ५० हजार ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।



