नेपाल लोक स्टारको प्रचार प्रसार एड प्याडले गर्ने |
काठमाडौं । नेपाल लोक स्टार प्रचार प्रसार तथा विक्री वितरणकालागि आधिकारीक एजेन्सीका रुपमा एड प्याड प्रालि नियुक्त भएको छ ।
एएनएस कम्पनीको सहायक कम्पनी एड प्याड प्रालिलाई चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारको आधिकारिक एजेन्सीको रुपमा काम गर्ने सम्झौता गरेको हो ।
सम्झौतामा एड प्याड प्रालीका निर्देशक सरोज बस्नेत र चाहाना मिडियाका अध्यक्ष सहदेब कोइरालाले हस्ताक्षर गरे ।
अहिलेसम्मकै ठूलो सेट डिजाइनमा संचालन हुने लोक स्टार कार्यक्रम आगामी जेठ २५ गतेबाट एपिवान टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।
कार्यक्रमका ३१ श्रृंखला हुने तथा बिजेताले ५० लाख नगद पुरस्कार पाउने पनि बिज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा सातै प्रदेशबाट सहभागी ल्याइने जनाइएको छ ।



