सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।



