काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक नरहेको बताउँदै संसदमा विचाराधीन अवस्थामा रहेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानमा संशोधन गर्न माग गरेको छ ।