कोरिया भाषा परीक्षाको दस्तुर अब आईएमई पेबाट |
काठमाडौं । कोरिया जानका लागि भाषा परीक्षा दिने व्यक्तिले अब आवेदन शूल्क ‘आईएमर्ई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । यही चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘आईएमर्ई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आईएमर्ई पे’ डाउनलोड गरी सिधै ईपीएस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्ने कम्पनीले जानकारी दिएको हो ।
कम्पनीका अनुसार ‘आईएमर्ई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन् । परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पूरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ ।
परीक्षाका लागि २४ अमेरिकन डलर दस्तुर लाग्नेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ ।



