गोर्खाज फाइनान्सको ब्रान्ड एम्वेसडरमा गायिका मेलिना राई |
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ ।
फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा आज शुक्रबार आयोजित समारोहमा राईलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ ।
सम्झौतापत्रमा फाइनान्सका प्रमख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन्।् ।



