रसुवा । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो खस्दा शनिवार राति दुई जनाको मृत्यु भएको छ ।
काठमाडौं । गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरेको छ ।
दोलखा । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा राष्ट्रिय गौरवको आयोजना तामाकोशीलगायत पुनः निर्माणको कामसमेत अलपत्र परेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले कोषमा रहेको लगानीयोग्य रकमलाई १ वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पूँजीबजारको प्रमुख खेलाडीको रूपमा रहनुपर्ने बताएका छन् ।
काठमाडौं । रोयल एनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड ब्राण्डका एकैसाथ दुई मोडल सार्वजनिक गरेको छ ।