प्रभु बैंक फेरि अर्को संस्था मर्ज गर्ने तयारीमा, ८ प्रतिशत बोनस शेयर पनि पारित |
काठमाडौं । प्रभु बैंकले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १७औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिदसम्बन्धी प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गरेको छ । बैंकले यसअघि आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ ।
सभाले संस्थापक समूहतर्पm कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूहतर्पm कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहतर्पm ५५ प्रतिशत र सर्वसाधारण समूहतर्पm ४५ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।



