शिक्षक आन्दोलनमा आज पनि प्रहरी हस्तक्षेप, | पानीको फोहरा र अश्रु ग्यास प्रहार, केही शिक्षक घाइते
काठमाडौं । राहत र बालविकास शिक्षकहरूले पेशागत स्थायित्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा आज सोमवार पनि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका उनीहरूलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
प्रदर्शनका क्रममा केही शिक्षक घाइतेसमेत भएका छन् भने अश्रु ग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । यसअघि हिजो आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।



