प्राइम कमर्सियल बैंकको क्याम्पसलाई सहयोग |
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसलाई ६० वटा डेक्स बेन्च सहयोग गरेको छ ।
बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पुर्याउने हेतुले ६० वटा बेन्च डेक्स बनार्ई सनिबार एक समारोहका बीच प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई हस्तान्तरण गरेका थिए ।
साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराएका थिए ।
उक्त समारोहमा संघीय संसदका सदस्य श्रीमती शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।


