मुक्तिनाथ विकास बैंकले कर्जाको व्याजदर घटायो |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।
आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५५ प्रतिशतसम्म ब्याजदर घटाएको बैंकले जनाएको छ ।



