सेञ्चुरी बैंकद्वारा पानी ट्यांङ्की सहयोग |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक वीरगंज शाखाद्वारा महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की सहयोग गरेको छ ।
उक्त बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरेका हुन ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।



