काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले गल्फ लुब्रिकेन्टका रिटेलरहरुका लागि एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी उपलब्ध गराएको छ । गल्फ दुर्घटना बीमा निती २०७५⁄०७६ अन्तर्गत रिटेलरहरुलाई सो पोलिसी उपलब्ध गराइएको हो ।
काठमाडौं । नेपालका तीन वाणिज्य बैंकले ब्याज दरको पूर्वसहमति तोडेपछि तिनलाई कारबाही गर्न आज आइतबार बसेको बैंकर्स संघको बैठकले कारबाहीको सट्टा पुनः अर्को सहमति गरेको छ ।
काठमाडौं । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर काम चलाइँदै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग अब भने स्तरोन्नति हुने भएको छ ।
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड वाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउने छन् ।
काठमाडौं । ग्रीन डेभलपमेण्ट वैंकको तालचोक शाखाले पोखरा महानगरपालिकामा रहेको त्रिवेणी इन्टरनेशनल कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । रामेछाप जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी सिभिल भलिवल च्याम्पियनसिपको चौथो संस्करण यही मंगलबारबाट शुरु हुने जानकारी दिएको हो । भलिवल च्याम्पियनसिपको पुरस्कार राशी सात लाख रुपैयाँको हुनेछ ।
काठमाडौँ । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संघसंस्था तथा व्यवसायीहरूले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा देखा परेको अन्योल अवरोधप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण बताएका छन् ।
काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को रोजगार संयोजकका लागि सरकारले ७ सय ५३ जनाका लागि आवेदन आह्वान गरेकोमा २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका छन् ।