प्रणय दिवसमा सीटीसी मोबाइल हबको उपहार ː आईफोन एक्स किन्दा डीटीसीको सेल्फी मोबाइल |
काठमाडौं । स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न सीटीसी मोबाइल हबले प्रणय दिवशको उपलक्ष्यमा आईफोन एक्स उपहार वितरण गर्ने भएको छ । यसका साथै मोबाइल हबले प्रणय दिवशका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डीटीसीको सेल्फी मोबाइल उपहार स्वरुप वितरण गर्ने भएको छ ।
सुनधाराको सीटीसी मलमा रहेको मोबाइल हबले आफ्नो फेसबुक पेज लाइक गरी पेजमा राखिएको पोष्टमा सबैभन्दा धेरै लाइक कमेण्ट तथा शेयर गर्नेहरुलाई आईफोन एक्स उपहार योजनामा सहभागि गराईरहेको छ । प्रणय दिवशका दिन दिउँसो ३ बजे सीटीभी मोबाइल ग्रुपको फेसबुक पेज यस ट्रेडर्स प्रालिबाट प्रत्यक्ष प्रशारण मार्फत ६४ जीबीको आईफोन एक्स विजेता घोषणा गरिनेछ ।

यसका साथै प्रणय दिवशका दिन मोबाइल हबमा कुनै पनि ब्राण्डको स्मार्टफोन खरिद गर्नेहरुलाई अनिवार्य रुपमा एउटा डीटीसीको सेल्फी मोबाइल उपलब्ध गराइने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राइले बताए ।
यसका साथै सीटीभी मोबाइल ग्रुप अन्तरगतका सीटीसी मोबाइल हब सुन्धारा, केएल टावर चाबहिलमा रहेको केएल मोबाइल हब, मर्कान्टाइल प्लाजा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडको पहिलो तल्लामा रहेको सीटीभी मोबाइलमा मोबाईल एक्सचेञ्ज अफर सञ्चालन भैरहेको छ । जस्तो सुकै पुरानो मोबाइल ल्याएर यो अफरमा नयाँ मोबाइल साट्न सकिन्छ ।

साथै मोबाइलहरुको मोडल नम्बरका आधारमा ६० प्रतिशतसम्मको छुटमा मोबाइल खरिद गर्न पनि सकिन्छ । यसका साथै मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध गराईने सीटीभी मोबाइल ग्रुपका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।
उल्लेखित सबै मोबाइल शपहरुमा उपभोक्ताले विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् ।
Visited 1 times, 1 visit(s) today


