आईएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच सम्झौता |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सेवासम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालिकाका नगर प्रमुख जमिरुद्दिन मन्सुरले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब आईएमई जनरल इन्स्योरेन्सले हरिपुर नगरपालिकालगायत सम्पूर्ण नगरवासीहरूको भौतिक सम्पत्तिलगायत सम्पूर्ण कृषकहरूको पशु, पन्छी तथा कृषि बीमालगायत व्यक्तिगत दुर्घटना बीमासमेत गर्नेछ ।
नगरपालिकाले नगरवासीहरूलाई आफ्ना पशुपन्छी तथा बालीनालीको बीमा उक्त कम्पनीमा गराई ढुक्क भएर आफ्नो व्यवसाय बढाउन आह्वान गरेको छ ।
Visited 1 times, 1 visit(s) today


