जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजको नयाँ प्रडक्ट माउन्टेन आईस बियर बजारमा |
काठमाडौं । जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिज अन्तर्गतको राजब्रुअरीले प्रिमियम स्ट्रोङ्ग बियर, माउन्टेन आईस बजारमा ल्याएको छ ।माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा विशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार अन्तरराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट यो बियर उत्पादन गरिएको हो । ६.५५ प्रतिशत अल्कोहल भोलुम र ६५० एमएलको बोतलको २ सय ३० रुपैयाँ मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित बजारमा ल्याइएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
‘अन्तरराष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्ग सहित ल्याइएको हो’, जावलाखेल ग्रुपअफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।
‘स्ट्रङ्ग बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाई बनाउने गरी नै ल्याइएको हो’, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका कार्यकारी निर्देशक शसिन जोशीले बताए ।
राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि विक्रीबितरण शुरु हुने भएपनि देशभर सहजै उपलब्ध हुन केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ ।
जावलाखेल ग्रुप पअफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।
कम्पनीले डिस्टिलरी, ब्रुअरी उत्पादनकक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्तरराष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको जानकारी दिएको छ ।



