प्रधानमन्त्रीद्वारा आज नेपाल पानीजहाज कार्यालयको उद्घाटन |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । उनले आज बिहीवार बिहान एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय परिसरमा आयोजित एक समारोहका बीच उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै नेपालको राष्ट्रिय झण्डाले सजिएको पानीजहाज कुदाइने बताए ।
माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । त्यसका लागि उक्त बैठकले कर्मचारीको दरबन्दीसमेत स्वीकृत गरेको थियो ।
पानी जहाज कहिले सञ्चालन हुने भन्ने यकिन नभए पनि सरकारले कार्यालय भने स्थापना गरेको छ । पानीजहाज सञ्चालनपूर्वका थुप्रै कामहरू बाँकी रहेका छन् । अब पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकाल्ने तयारी सरकारले गरेको छ ।
Visited 1 times, 1 visit(s) today


