काठमाडौं । सम्सारा रेमिट प्रालिले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क्रममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल आंखा अस्पताल, त्रिपुरेश्वरद्वारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंक र प्रिमियर इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब कामना सेवाका ग्राहकले ६४ वटै शाखाहरुबाट प्रिमियरको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
काठमाडौं । विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विद्युतिय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
काठमाडौं । निजीक्षेत्रका उद्योगी व्यवसायीहरूका संगठनहरूले चर्को बैंक ब्याजदरमा सरकारी हस्तक्षेप खोजिरहेको बेला निजीक्षेत्रकै अर्को उद्योगी व्यवसायीहरूको संगठनले भने आफू त्यस्तो हस्तक्षेपको पक्षमा नरहेको स्पष्ट अडान लिएको छ ।
काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई आगामी २ वर्षभित्र बागमती नदी नुहाउनयोग्य बनाउन निर्देशन दिएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोही पनि आवेगमा आएर समस्या नहुने, छलफलबाटै समाधान हुने र बैंक ब्याजदरको विषयमा ब्याजदर बैंकहरूले विस्तारै घटाउँदै लैजाउने बताएका छन् ।