कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । उक्त भिसा डेबिट कार्डको औपचारिक शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै गरिएको हो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा शरुवात भएसँगै बैंकका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेशिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सक्ने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्च गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने सीईओ बस्नेतले दाबी गरे ।
बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रूपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गरे । उनले कामना सेवा विकास बैंक विकास बैंकहरूमै पहिलो बन्ने दिन धेरै टाढा नभएको जिकिरसमेत बताए ।



