माछापुच्छ्रे बैंकले पशुपतिनाथमा जुत्ता राख्ने कक्ष र पानीको धारा बनाइदियो |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी हस्तान्तरण गरेको छ ।
पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेका छन् ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । कक्ष सञ्चालनमा आएपछि तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।
पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने एटीएमसमेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ ।



