इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड वितरण गरिँदै |
काठमाडौं । नेपाल निर्माण कन्क्लेभले विभिन्न सातवटा विधामा इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड प्रदान गर्ने भएको छ । संस्थाले उदाहरणीय निर्माण कम्पनी, व्यक्तित्व एवम् परियोजनाहरूलाई उनीहरूको योगदानको कदर गर्न त्यस्तो अवार्ड प्रदान गर्न लागेको हो ।
हिजो शुक्रवार एक विज्ञप्ति जारी गर्दै कन्क्लेभले ‘पपुलर प्रोजेक्ट अफ दि इयर अवार्ड’ जनताको मतबाट छनोट गरिने बताइएको छ । संस्थाका अनुसार उक्त अवार्डको छनोटका लागि मत सोसल मिडिया र एसएमएसमार्फत् दिन सकिनेछ । त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेसमेत सो संस्थाले जनाएको छ ।
आयोजक संस्थाका अनुसार अवार्डका दाबेवार परियोजनाको छनोटका लागि अनुसन्धान संस्था ‘फ्याक्ट’लाई अनुबन्धन गरिएको छ । सन् २०१८ मा निर्माण सम्पन्न भएका उदाहरणीय परियोजना तथा कम्पनीबारे स्वतन्त्र ढंगले अनुसन्धान गरी फ्याक्टले अवार्डका दाबेदारहरूको छनोट गर्नेछ । त्यसैगरी यो क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरूको निर्णायकमण्डलले अवार्ड विजेताको छनोट गर्नेसमेत बताइएको छ ।
उक्त अवार्ड वैशाख दोस्रो साता वितरण गरिने आयोजनकले जानकारी दिएका छन् । यो अवार्डलाई नेपाली पूर्वाधार विकास क्षेत्रको सबैभन्दा प्रतिष्ठित र विश्वसनीय इभेन्टका रूपमा स्थापित गर्ने उद्देश्य रहेको समेत उक्त संस्थाले बताएको छ ।
Visited 3 times, 1 visit(s) today


