काठमाडौं । असोज ११ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको ३७ हजार २१६ कित्ता शेयर लिलाम बढाबढ मार्फत विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वसाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामी गर्ने भएको हो ।
काठमाडौं । शिवम् सिमेन्टको आइपीओ तिहारपछि मात्रै आउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत साउन १३ गतेदेखि भदौ ११ गतेसम्म ८ लाख ८० हजार कित्ता आइपीओ विक्री खुला गरेको थियो ।
काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो ।