सिद्धार्थ र सानिमा बैंकको ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वित्तीय संस्थाको कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र आज सोमवार सूचिकृत भएको छ । सिद्धार्थ बैंक र सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेप्सेमा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरूले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् ।
त्यस्तै, सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ पनि नेप्सेमा सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरूले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् ।

