इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गर्दै, हिजो भयो सम्झौता |
काठमाडौं । नेपालको एउटा वाणिज्य बैंक र राष्ट्रियस्तरको फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको हो । सोसम्बन्धी सम्झौतापत्रमा हिजो आइतवार दुई संस्थाबीच प्रारम्भिक सम्झौता भएको हो ।
उक्त सम्झौतासँगै नेप्सेमा जेबिल्स फाइनान्सको शेयर कारोवार रोक्का भएको छ । जेबिल्स फाइनान्सको हाल चुक्ता पूँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जेबिल्स फाइनान्सलाई प्राप्ति गरेसँगै इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १३ करोड रुपैयाँ नाघ्ने छ ।

