इन्भेष्टमेन्ट बैंकको केएमसी हस्पिटलमा एक्सटेन्सन काउन्टर |
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक्सटेन्सन काउन्टर खोलेको छ । बैंकले यहाँ एटीएम काउन्टर पनि सञ्चालनमा ल्याएको छ ।
बैंकको यो ११औं एक्सटेन्सन काउन्टर र १११औं एटीएम बुथ हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्राडा दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा काउन्टर र बुथको उद्घाटन गरेका छन् ।
आजैदेखि केएमसी टिचिङ हस्टपिटलमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

