१०० दरका ४० करोड थान नोट छाप्ने जिम्मा बेलायती कम्पनीले पायो, लागत खर्च ८० लाख ७२ हजार पाउण्ड |
काठमाडौ । नेपाल राष्ट्र बैंकले १०० दरका नयाँ नोट छाप्ने जिम्मा बेलायती कम्पनीलाई दिएको छ । बैंकले बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १०० दरका नयाँ नोट छाप्ने जिम्मा दिएको हो । सो कम्पनीले १०० दरका ४० करोड थान नयाँ नोट छाप्ने छ ।
यी नोटहरु ७ ∕ ८ महिनाभित्र छापिएर नेपाल आइपुग्छन् । ४० करोड थानमध्ये केही दसैंसम्ममा आइपुग्ने छन् । नयाँ नोटको डिजाइन परिवर्तन गरिएको छैन । नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा कामको जिम्मा लिएको छ ।
अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको नेपाल राष्ट्र बैंकले सोमबार १०० दरका नयाँ नोट छाप्ने जिम्मा बेलायती कम्पनी लाई दिएको हो । राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई गत साता दिएको थियो ।

