काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैपटक ७ वटा शाखाहरु बिस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले बीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा नयाँ शाखा बिस्तार गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले आईतबार पाल्पामा २ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको पाल्पाको तानसेन शाखा र पूर्वखोला शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
काठमाडौं । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले पानी सोस्ने ब्लकको उत्पादन गर्ने भएको छ । कम्पनीले हाल चीनबाट मेशिन तथा इन्जिनियरहरु ल्याई जडान कार्य गरिरहेको र अबको करिब २ हप्ता पछि उत्पादन शुरु गर्ने जानकारी दिएको छ ।
काठमाडौं । भायनेट कम्युनिकेसन्सले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटीटीएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेटले उक्त योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको प्रदेश सांसद कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका हुन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कुमारी टोल सुधार समितिलाई ७५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले उक्त समितिलाई कुमारी मन्दिर परिसरमा सीसी टीभी जडान गर्ने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकले बताएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध १४ वटा बैंक र भिसाको संयुक्त सहकार्यको रूपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन्डे र वाव वेड्नस्डे गरी दुई भिन्न प्रकारको योजना सार्बजनिक गरिएको छ ।