सिभिल बैंकमा अनलाइन खाता खोल्नुस्, रू. १०० र ५ लाखको बीमा पनि पाउनुस् |
काठमाडौं । के तपाईंले सिभिल बैंकमा खाता खोल्नुभएको छ ? छैन भने अब उक्त बैंकमा अनलाइनबाट खाता खोल्नुस् । अनलाइनबाट खाता खोल्नुभयो भने बैंकले तपाईंलाई रू. १०० र ५ लाखको बीमा पनि सित्तैंमा उपलब्ध गराउने भएको छ ।
बैंकले हालैदेखि अनलाइन एकाउन्टको शुरूवात गरेको छ । यो सुविधा बैंकको वेबसाइट तथा ‘को बन्छ करोडपति ?’ को मोबाइल एपमार्फत उपलब्ध गराइएको बताएको छ ।
ग्राहकले आफ्नो व्यक्तिगत विवरण उल्लेख गरेपछि एउटा युनिक कोड उपलब्ध हुनेछ, यसका आधारमा ग्राहकहरूले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई यो युनिक कोड भेरिफाइ गराएर खाता खोल्न सक्नेछन् ।
खाता खोलेपछि बैंकले आफ्नो तर्फबाट १०० रुपैयाँ उक्त नयाँ खातामा हालिदिन्छ । बैंकका अनुसार यो खाता खोल्नेले एक वर्षसम्म डेबिट कार्ड र इण्टरनेट बैंकिङ सुविधासमेत पाउनेछन् । साथै, २ वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क चेक बुक र ५ लाखसम्मको दुर्घटना बीमा निःशुल्क उपलब्ध हुने बैंकले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


