हिमालयन बैंकको मास्टरकार्डको डेबिट कार्ड सेवा शुरु | किनमेलामा २० प्रतिशतसम्म छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तरराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ ।
बैंकका ग्राहकहरुले डिपार्टमेण्ट, होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरुमा मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि योे कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्डधारी ग्राहकहरुले यो कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।
बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले कार्डको सेवा शुभारम्भ भएको घोषणा गरेका छन्।् ।



