हस्तकला महासंघमा शाक्यको नेतृत्व |
काठमाडौं । नेपाल हस्तकला महासंघमा नयाँ नेतृत्व निर्वाचित भएको छ । महासंघको हिजो शनिबार सम्पन्न ३८औं वार्षिक साधारणसभाले सुरेन्द्रभाइ शाक्यको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्ष (वस्तुगत) मा दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) मा सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) मा रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) मा राजमान वज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट) मा सुनील शाक्य निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा हीरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित भएका छन् ।
महासंघको विधानअनुसार उक्त कार्यसमितिको अवधि आगामी तीन वर्ष हुनेछ । कुल २५ सदस्यीय कार्यसमिति रहने महासंघमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।


