काठमाडौं । बैंकहरूले ऋणको ब्याजदर नघटाएपछि निजीक्षेत्रका उद्योगी–व्यवसायी त्यसको विरोध गर्दै ब्याजदरलाई ८ प्रतिशतमा कायम गर्ने माग राखेर सडकमै उत्रिएका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका तत्कालीन रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठविरुद्ध साढे १४ करोडभन्दा बढी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ औँ बर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । १२ औँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार वित्तीय साक्षरता जगाउने उद्धेश्यले काठमाडौंमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।
बुुटवल । बुटवलमा आयोजना गरिएको बैंकिङ, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी सम्पन्न भएकोे छ । ‘वित्तीय जागरणः रष्ट्रिय अभियान’ अन्तर्गत माघ ११ र १२ गते आयोजित प्रदर्शनीमा बैंक, बीमा तथा सेयर बजार सम्बन्धी सेमिनार तथा सचेतना कार्यक्रम भएको थियो ।