सिद्धार्थ बैंकले खोल्यो लाजिम्पाटमा नयाँ शाखा, अब बैंकको १३८ स्थानमा शाखा |
काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा खोलेको जानकारी दिएको छ ।
बैंकका देशभर १३८ वटा शाखा, ३ एक्स्टेन्सन काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा, १४८ एटीएम र १२ सयभन्दा बढी पीओएस मेसिन छन् ।



