माथिल्लो भोटेकोशीको पुनर्निर्माण कार्य ४० प्रतिशत सम्पन्न |
काभ्रेपलाञ्चोक, (चौतारा) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निर्माणाधीन ४५ मेगावाट क्षमताको माथिल्लो भोेटेकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म ४० प्रतिशत काम सम्पन्न भएको छ । प्राकृतिक प्रकोपको मारमा परेर करीब ५ वर्षदेखि उक्त आयोजना बन्द रहेको छ ।
२०७१ सालमा जुरे पहिरो भत्किएर प्रसारण लाइनको टावरमा क्षति पु¥याउँदा चार महिना उत्पादन बन्द भएको उक्त आयोजनालाई पछि २०७२ सालको विनाशकारी भूकम्पले पुनः क्षति पुर्याएको थियो । त्यो क्षति पनि मर्मत भइरहँदा २०७३ साल असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेपछि उत्पादन बन्द भएको थियो । हाल उक्त आयोजनाको पुनःनिर्माण भइरहेको छ ।
चीनको सिनो हाइड्रो ब्यूरो ११ ले रू. ७ अर्बमा ठेक्का सम्झौता गरेको सो आयोजना आगामी २०१९ को अन्त्यसम्ममा सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए ।



