२४ वाणिज्य बैंकहरूको वित्तीय विवरण सार्वजनिक, हेरौं कस्को अवस्था कस्तो छ |
काठमाडौं । २४ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७५ ⁄ ०७६ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने बाँकी ४ वटा कम्पनीले प्रकाशन गर्ने क्रममा छन् ।
एनएफआरएस रिपोट अनुसार दोस्रो त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जसको खुद मुनाफा २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव ०९ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकले अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ कमाएको थियो । जसले रेगुलेटरी एड्जस्मेन्ट वापत २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब १७ करोड ८१ लाख रुपैयाँ विवरण योग्य नाफा आर्जन गरेको छ ।
दोस्रो स्थानमा नबिल बैंक रहेको छ । जसको मुनाफा २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । जसले रेगुलेटरी एड्जस्मेन्ट वापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब ४ करोड ५० लाख रुपैयाँ विवरण योग्य नाफा आर्जन गरेको छ ।
सबैभन्दा कम नाफा सेञ्चुरी बैंकले ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलनाभन्दा ४१ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । जसले रेगुलेटरी एड्जस्मेन्ट वापत ७ करोड ४६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर ४४ करोड ३५ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ । यो खुद मुनाफाभन्दा लाभांश क्षमता घटेको हो ।
१६ वटा कम्पनीमा २ वटा कम्पनी प्रभु बैंक र माछापुच्छे बैंकले खुद मुनाफाभन्दा लाभांश क्षमता बढाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।
२४ वटा कम्पनीमा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी नपुर्याउने कुमारी बैंक र एनसीसी बैंक मात्र रहेको छ । जसको चुक्ता पुँजी ७ अर्ब १६ करोड रुपैयाँ र ७ अर्ब १ करोड रुपैयाँ मात्र रहेको छ । कुमारी बैंकले हालै मात्र आव २०७४ ⁄ ०७५को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस र अघिल्लो आव २०७३ ⁄ ०७४ मा १२ दशमलव ७५ प्रतिशत बोनस शेयर बाडेको छ । यस अनुसार बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ । त्यस्तै एनसीसी बैंकको अझै ८ अर्ब रुपैयाँ पुर्याउन ९९ करोड रुपैयाँ थप्नु पर्ने भएको छ ।
Visited 2 times, 1 visit(s) today


