काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।
काठमाडौं । अब नेपाली सेनाका जेहेनदार सन्ततिले प्रभु बैंकबाट शैक्षिक कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष जंगी अड्डाबीच सम्झौता भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको टावरलाई लक्षित गरेर भएको आक्रमणको घोर भत्र्सना गरेको छ ।
काठमाडौं । प्रत्येक वर्ष ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को आयोजना गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघले यस पटक पनि आगामी चैतको दोस्रो हप्ताबाट काठमाडौंमा उक्त महोत्सवको आयोजना गर्ने भएको छ ।