नबिल बैंकले साना तथा मझौला उद्यमलाई १ करोड ५० लाखसम्म ऋण दिने |
काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यम (एसएमई) लाई लक्ष्य गर्दै नबिल सजिलो कर्जा सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस कर्जामा एक वर्षको लागि वार्षिक १० दशमलव ५ प्रतिशत व्याजमा एक करोड ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने जानकारी दिएको छ ।
यूकेएड सक्षमसँगको साझेदारी परियोजनाअन्तर्गत नबिलले साना व्यवसायका लागि यस्तो कर्जाको योजना ल्याएको हो । यस सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट अनिल केशरी शाह र सक्षमको तर्फबाट टोली प्रमुख निर्मल दाहालले हस्ताक्षर गरे ।
साना तथा घरेलु उद्योगहरुलाई सजिलो कर्जा दिएर गरिवलाई धनी बनाउने उद्धेश्यले यो कर्जा ल्याएको बताएको छ । ग्राहकले ०२ जूलाई २०१९ देखि जूलाई २०२० सम्मका लागी यो ऋण पाउने व्यवस्था लागु गरेको हो ।
एसएमईका लागि बैङ्कले प्रक्रिया, समय र ब्याजदरमा सहजीकरण गरेको सीईओ शाहको दाबी छ । उनले यो ऋणका लागि धरौटी र परियोजनाको आकार दुवै आधार हुने पनि बताएका छन् ।


