कैलाश विकास बैंकको नयाँ योजना ‘सुरक्षित नारी बचत योजना’ |
काठमाडौं । कैलाश विकास बैंकले ‘कैलाश सुरक्षित नारी बचत खाता’ योजना ल्याएको छ । बैंकले नारी दिवसको अवसर पारेर उक्त योजना ल्याएको हो ।
बैंकका अनुसार उक्त बचत खाता शून्य मौज्दातमा खोल्न सकिने, निःशुल्क ५ लाखसम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इण्टरनेट बैंकिङ, लकर सुविधामा ५० प्रतिशत छुटलगायतका सुविधाहरू रहेका छन् ।
देशभर ९० बटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका ३५ एटीएम रहेका छन् भने निकट भविष्यमा देशका विभिन्न सात स्थानमा शाखा सञ्चालन गर्ने तयारी बैंकले गरिरहेको छ ।


